आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

तीन तहको सरकको समन्वय उत्कृष्ट काम हुन्छ भन्ने उदाहरण भरतपुर सडक होस् सहरी विकास मन्त्री

एपी खबर २०८२ बैशाख ५, शुक्रबार ( १० महिना अघि) १४२ पाठक संख्या

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरहरूमा सडक बनाउँदा युटिलिटी करिडोरको अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

 

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ( पुल्चोक सडक खण्डको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताए ।

 

सडक बने लगत्तै ढल, खोनपानीको पाइप, फाइबर विछ्याउनका लागि भत्काइहाल्ने प्रवृत्ति रोक्नका लागस पनि युटिलिटी करिडोरको अवधारणामा जानुपर्नेमा सिंहको जोड छ ।

 

ञखासकुरा शहरको बिचमा बाटो बनाउँदा युटिलिटी करिडोरको अवधारणालाई अब हामी हामीले अगाडि बढाउनुपर्छ । सडक बन्छ लगत्तै ढल, पाइपलाइन, फाइबर बिछ्याउन भत्काइन्छ , झ उनले भने, ञजसले गर्दा जनतामा बाटो बनेपनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।

 

त्यस्तै उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणतर्फ जोड दिइरहेको बताए ।

 

व्यवस्था बदलियो अवस्था बदलिएन भन्ने भाष्य बनाउन अहिले खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

 

ञराम्रो काम होस् भन्ने जनताको चाहना छ, त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनुछ । डेलिभरी हुनुपर्यो भन्ने आम जनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,झ उनले भने।

 

त्यस्तै उनले संघियताको भावना संघ, प्रदेश र स्थानीय सरकार मिलेर नै विकास निर्माणको काम गर्ने रहेको बताए । जनताले चाहेको आयोजना तीन तहको सरकारको संयोजनमा अघि बढाउँदा सफल हुनेरहेछ भन्ने उदाहरण पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ( पुल्चोक सडक खण्ड बनेको पनि सिंहले प्रष्ट पारे ।

 

उनले सडक विस्तारसँगै गतिशिलता बढ्ने र त्यसले आर्थीक गतिविधिवृद्धिसँगै पूर्वाधार निर्माण सहज बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस