आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षक आन्दोलनले पोखराका विद्यालयमा पठनपाठन स्थगित

एपी खबर २०८२ बैशाख ७, आईतबार ( १० महिना अघि) ११३ पाठक संख्या

शिक्षक आन्दोलनका कारण पोखरा महानगरपालिकाले सामुदायिक र संस्थागत दुवै विद्यालयको पठनपाठन स्थगित गरेको छ ।

 

सोमबारदेखि पठनपाठन सुरू गर्ने शैक्षिक क्यालेण्डर रहेकोमा वैशाख ११ बाट सुरू गर्न महानगरपालिकाले आइतबार सबै विद्यालयलाई सूचनामार्फत अनुरोध गरेको छ । ‘।।।विद्यालयहरुको भर्नालगायत अन्य पूर्वाधारको व्यवस्थापन गर्न समय अभावका कारण २०८२ वैशाख ११ ग्ते बिहीबारबाट नियमित पठनपाठन सूचारु गर्नु–गराउनुहुन सबैमा यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।

 

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कुनै विद्यालयमा पढाइ हुने, कुनैमा शिक्षक नहुँदा विद्यार्थीलाई असर पर्ने सम्भावना देखेर पठनपाठन वैशाख ११ सम्म स्थगित गरिएको बताए । संस्थागत र सामुदायिक विद्यालयमा एकैपटक पढाइ सुरू गर्ने उद्देश्य आफूहरुको रहेको उनले बताए । ‘संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू हुने तर सामुदायिक विद्यालयमा भर्ना र पढाइ प्रभावित भएपछि बच्चालाई मानसिक असर पर्छ कि भनेर एकैदिन चलाउने भनिएको हो,’ उनले भने, ‘शिक्षक नहुँदा पढाइ हुने भएन । २र३ ढिला गर्दा केही हुन्छ कि भनेर सूचना गरेका हौं ।’

 

पोखराका अधिकांश संस्थागत विद्यालयले भर्ना अभियान सकिसकेका छन् । सामुदायिक विद्यालयले भर्ना लिइरहेकोमा शिक्षक नहुँदा प्रभावित हुने भएपछि पठनपाठन स्थगित गरिएको हो ।

 

पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् । शैक्षिक प्रशासन महाशाखाको ०८१ को तथ्यांकअनुसार ती विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म करिब १ लाख ४४ हजार विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस