हिमालयन एभरेष्ट इन्स्योरेन्सले ‘दोस्रो इन्स्योरेन्स कप फुट्सल टुर्नामेन्ट २०८२’ को उपाधि हात पारेको छ।
प्रतियोगिताको फाइनल खेलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीलाई पराजित गर्दै उपाधि हासिल गरेको हो।
नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पन्न भएको अन्तर बीमा कम्पनी फुटसल प्रतियोगिता ९दोस्रो इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२० बीमा दोकान प्रालिले आयोजना गरेको थियो।
उक्त प्रतियोगितामा जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनी गरी ११ वटा कम्पनीहरूको सहभागिता रहेको थियो। जसमध्ये उपाधिका लागि हिमालयन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच भएको प्रतिष्पर्धा भएको थियो।
एन्फाका महासचिव किरण राईले उद्घाटन गरिएको प्रतियोगिता दुई दिनसम्म चलेको थियो। दोस्रो दिनको खेलमा प्रमुख अतिथि रहेका नेपाल बीमा प्राधिकरणका बीमालेख महाशाखा निर्देशक निर्मल अधिकारीले प्रतियोगितामा विजयी भएकाहरूलाई प्रमाणपत्र, सिल्ड, ट्रफी र नगद पुरस्कार प्रदान गरे।
उपाधि विजेता हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र ३५ हजार रुपैयाँ नगद जित्न सफल भएको छ भने उपविजेता हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले मेडल, सिल्ड र १५ हजार नगद जित्न सफल भएको छ।
‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजक बीमा दोकान प्रालिले जनाएको छ।











प्रतिक्रिया दिनुहोस