आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग सांसदहरूको माग

एपी खबर २०८२ बैशाख १५, सोमबार ( १० महिना अघि) १५९ पाठक संख्या

सांसदहरूले काठमाडौंमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद पक्ष हो भन्दै शिक्षकहरूमाथि गरिएको अभद्र व्यवहार रोकिनुपर्ने बताएका हुन् । साथै, विद्यालय शिक्षा ऐन दिएर शिक्षकलाई विद्यालय फर्कने वातावरण बनाउन पनि सांसदहरूले सरकारसँग माग गरेका छन् ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा माणवादी केन्द्रका सांसद जनार्दन शर्माले शिक्षकहरूको माग सम्बोधन गर्न सरकारले तदारूकता देखाउनुपर्ने बताए । उनले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा आइतबार प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते भएको घटनाप्रति घोर भर्त्सना गर्दै राज्यले ऐन बनाएर शिक्षकको जायज माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले विगतमा सरकार र शिक्षकहरूबीच भएको सम्झौता कार्यान्वयन गर्न माग पनि गरे ।

माओवादीकै सांसद छिरिङ डम्डुल लामा ९भोटे० ले हुम्लामा हालैको वर्षापछिको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा ठूलो नोक्सानी भन्दै पीडितलाई राहत र क्षतिपूर्तिको माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सुमना श्रेष्ठले शिक्षकहरूको न्यायोचित माग तत्काल पूरा गर्न सरकारसँग माग गरिन् ।

 

शिक्षकहरूको विरोध प्रदर्शनले बालबालिका विद्यालय शिक्षा पाउनबाट वञ्चित रहेको भन्दै उनले चाँडो शिक्षकहरूलाई विद्यालय फिर्ता पठाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । साथै, उनले पत्रकारमाथि भएको आक्रमणको निन्दा गरे ।

प्रतिक्रिया दिनुहोस