नेकपा एमालेद्वारा दिवंगत लीलावती देवीको १३औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ। कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १९, ईनर्वाशीरामा आयोजित गरिएको थियो।
सुधनदास तत्माको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने श्रद्धाञ्जली सभामा पूर्व प्रदेश सभा सदस्य सुन्दर विक, जितपुरसिमरा उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख भोला अधिकारी, मानव अधिकार एलाइन्सका मधेश प्रदेश अध्यक्ष अनिल तिवारी लगायत अन्य स्थानीय नेताहरू, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
वि.सं. २०३० मा जन्मिएकी लीलावती देवीको निधन हालै वि.सं. २०८२ मा भएको हो। समाजमा उहाँले पारिवारिक र सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि कार्यक्रमका वक्ताहरूले उच्च सम्मान व्यक्त गरेका थिए।
सभामा सहभागीहरूले रामलाल कुश्वाहाको धर्मपत्नी स्व. देवीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका थिए।

यता सानाकिसान कृषि सहकारी संस्था ईनर्वाशीराले सदस्य राहत कोषबाट स्व लीलावती देवीको परिवारलाई सहकारीको तर्फबाट नगद ४० हजार र विमा बापत ३ लाख गरि ३ लाख ४० हजार नगद हस्तान्तरण गरेको थियो ।
सभामा सानाकिसान सहकारीको तर्फबाट अध्यक्ष सञ्जिला खातुन, शाखा प्रमुख झपेन्द्र बराल लगाएतको सहभागिता रहेको थियो











प्रतिक्रिया दिनुहोस