एपी खबर
२०८२ अषाढ २९, आईतबार (
८ महिना अघि)
२९८ पाठक संख्या
राष्ट्रिय मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल मधेश प्रदेशले जनकी बृद्धाश्रम जनकपुरधाममा फलफूल तथा पौष्टिक आहार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार एलाइन्सको २६ औँ स्थापना दिवसको अवसरमा एलाइन्स मधेश प्रदेशले जिल्ला शाखा धनुषाको सहकार्यमा फलफूल तथा पौष्टिक आहार वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्स प्रदेश प्रदेशका अध्यक्ष अनिल तिवारीले एलाइन्सले विभिन्न समयमा गर्दै आएको समाजिक कार्यलाई निरन्तरता दिदै आफ्नो स्थापन दिवसलाई बृद्धआश्रममा रहनुभएका आमाहरुसंग बिताएको बताउनुभयो । कार्यक्रमको बारेमा जानकारी दिदैँ तिवारीले एलाइन्सले मधेश प्रदेशको ८ ओटै जिल्लामा जिल्ला स्तरको कार्यक्रम सम्पन्न भएको समेत जानकारी गराउनुभएको थियो ।
एलाइन्स प्रदेश अध्यक्ष तिवारीले मानव अधिकार एलाइन्स सिरहाले धनगढीमा रक्तदान कार्यक्रम, महोतरीले मनरासिसवा नपा ४ मा रहेको एक आधारभुत्त विद्यालयमा शैक्षिक समाग्री वितरण, सिरहामा प्रहरी र जसपा पार्टिको बिच भएको विवादका कारण कार्यक्रम गर्ने माहोल नभएको कारण कार्यक्रम स्थगीत गरेको, रौतहटले एलाइन्सको संगठन विस्तारको बारेमा सम्बन्धित सरोकारवालाहरु संग अन्तरकृया कार्यक्रम, बाराले मानवअधिकार सम्बन्धि अन्तरकृया कार्यक्रम र पर्साले विरगंजमा रहेको बालसुधार गृहमा स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिनुभयो ।
एलाइन्सका केन्द्रिय उपाध्यक्ष महमद नईम अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश सदस्य एवम एलाइन्स ईन्चार्ज रामस्वरुप सदा, एमाले मधेश प्रदेश सदस्य अनिता साह, नेकपा एमाले धनुषा जिला अध्यक्ष भोला यादब, एलाइन्स केन्द्रिय सदस्य किरण यादब, सुरेश यादब, मधेश प्रदेश सचिव शिला झा लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस