आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आज सुनचाँदीको मूल्य कति

एपी खबर २०८२ श्रावण १, बिहिबार ( ७ महिना अघि) १०४ पाठक संख्या

आर्थिक वर्ष २०८२र८३ को पहिलो दिन आज सुन र चाँदीको मूल्य बढेको छ। बिहिबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ बढेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेर प्रति तोला एक लाख ९२ हजार रुपैयाँमा आइपुगेको थियो ।

 

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेर प्रति तोला २ हजार २६५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर प्रति तोला २ हजार २६० रुपैयाँ थियो ।

 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३३४०।११ डलर रहेको छ। चाँदी प्रतिऔंस ३७।९८ प्रतिऔंस छ ।

प्रतिक्रिया दिनुहोस