आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

ठूलो परिमाणमा लागू औषधसहित दुई जना पक्राउ

एपी खबर २०८२ श्रावण २, शुक्रबार ( ७ महिना अघि) १३९ पाठक संख्या

रौतहट, २ साउन। रौतहट जिल्लाको पूर्विभेग राजदेवी नगरपालिका– १ स्थित लक्ष्मीपुर टोलबाट लागू औषधसहित दुईजना युवक पक्राउ परेका छन्।

 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट अन्तर्गत लागू औषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले बुधवार राती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनालाई लागुऔषध सहित पक्राउ गरेको हो।

 

प्रहरीले विआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार राजदेवी ८ का २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय निखिल कुमार यादवलाई चेकजाँचको क्रममा पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले बताए।

 

 

प्लाष्टिक झोलामा हालिएको विभिन्न ब्रान्डका लागूपदार्थ लिएर हिँडिरहेको अवस्थामा प्रहरीले फेला परेका हुन्।

 

उनीहरूको साथबाट नाईट्रो भेट ९नाइट्राजेपाम० १० एमजी १८ सय ट्याब्लेट नाइट्राजेपाम, ९०० हजार ट्याब्लेट, ९सानो पत्ता० पत्तामा ३०० ट्याब्लेट, नशालु इन्जेक्सन डाईजिपाम ३०० एम्पुल, फेनेरगन ३०० एम्पुल, बुप्रेनर्फिन ३०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपककुमार रायले जानकारी दिएका छन्।

 

प्रहरीका अनुसार उनीहरूले ती लागूपदार्थहरू बिक्री गर्ने उद्देश्यले ल्याएका थिए। पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरिएको प्रवक्ता रायले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस