सिंगापुरमा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० को वार्षिक सम्मेलनमा नेपाल प्रिमियर लिग ९एनपीएल०बारे प्रस्तुति दिइएको छ। नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्काले आईसीसीको वार्षिक सम्मेलनमा एनपीएलबारे प्रस्तुति दिएका हुन्।
सचिव खड्काले प्रस्तुतिबारे जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘नेपाल क्रिकेट संघ ९क्यान०को तर्फबाट हामीले गत वर्ष गरेको एनपीएलले पारेको प्रभाव र पूर्ण क्रिकेट राष्ट्र बन्ने दिशामा हामीले गरिरहेको प्रगति प्रदर्शन गर्ने अवसर प्रदान गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०लाई धन्यवाद दिन चाहन्छौँ।’
सचिव खड्काले नेपाल ठुलो चरणको लागि तयार रहेको पनि बताए।











प्रतिक्रिया दिनुहोस