आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मुग्लिन–नारायणगढ सडकखण्डमा गाडीमाथि खस्यो ढुंगा, तीनजना घाइते

एपी खबर २०८२ श्रावण ४, आईतबार ( ७ महिना अघि) २२६ पाठक संख्या

मुग्लिन–नारायणगढ सडकखण्डमा गुडिरहेको भारतीय गाडीमाथि ढुंगा खस्दा तीनजना घाइते भएका छन् ।

 

 

तुइनखोला पुल नजिकै गुडिरहेको गाडीमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।

 

“गाडीमाथि ढुंगा खसेको छ,” उनले भने । उनका अनुसार घाइतेको संख्या तीन रहेको छ ।

 

 

गाडीमा पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । भारतीय नम्बर प्लेटको गाडीमाथि ढुंगा खसेको हो । यूपी ८० जीपी २९२८ नम्बरको भारतीय कारमा ढुंगा खस्दा त्यसभित्र रहेका यात्रु घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस