आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बजार बढीरहँदा पनि किन घटिरहेको छ ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य रु, तीन दिनमै १२ प्रतिशतको गिरावट

एपी खबर २०८२ श्रावण ७, बुधबार ( ७ महिना अघि) १९० पाठक संख्या

पछिल्लो समय सेयर बजार दिनहुँ उच्च अंकले बढेर कारोबार भइरहेको छ । कारोबार रकम र परिसूचक दुवैमा उच्च वृद्धि भइरहँदा पनि ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने भारी मात्रामा गिरावट आएको छ । मंगलबार मात्रै सेयर बजार ८० अंकले बढेको थियो । परिसूचक उच्च अंकले बढ्दा पनि यो बैंकको सेयर मूल्य पनि पछिल्ला केही दिनहरुमा लगातार रुपमा घटिरहेको छ ।

 

पछिल्ला तीन दिनमा मात्रै यो कम्पनीका सेयरधनीहरुले १२।४३ प्रतिशत गुमाएका छन् । चालु आर्थिक वर्षको पहिलो दिनको कारोबार बन्द हुँदा १ हजार ४८५ रुपैयाँ रहेको यो कम्पनीको सेयर मूल्य ९हिजो० मंगलबारको कारोबार बन्द हुँदा १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यो तीन वटा कारोबार दिनमा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ ६५ पैसाले घटेको छ ।

 

आज ९बुधबार० को कारोबार जारी रहँदासम्मको अवधिमा यो कम्पनीको सेयर मूल्य १८।१८ प्रतिशत अर्थर्ता २७० रुपैयाँ ०९ पैसाले घटेर १२१५ रुपैयाँमा कारोबार भइरहेको छ । यो कम्पनीको ५२ हप्ताको सबै भन्दा उच्च कारोबार भने २ हजार १ रुपैयाँ ४० पैसा हो ।

 

पछिल्लो समय लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेसँगै यो कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस