आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

एपी खबर २०८२ श्रावण ८, बिहिबार ( ७ महिना अघि) २३८ पाठक संख्या

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको २५ औँ वर्षमा आइपुग्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

 

कम्पनीले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानबाट प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४’ अन्तर्गत जीवन बीमा समूहमा सिल्भर अवार्ड प्राप्त गर्दै उक्त सम्मान पाउने पहिलो जीवन बीमा कम्पनी बनेको छ।

 

 

शुक्रबार काठमाडौंस्थित होटल र्याडिसनमा आयोजित एक विशेष समारोहमा महालेखा परीक्षक तोयम रायाबाट यो अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा ग्रहण गरे।

 

 

आर्थिक वर्ष २०८०र८१ को नेपाल लाइफको वार्षिक वित्तीय प्रतिवेदनलाई उत्कृष्ट ठहर गर्दै सिल्भर अवार्ड प्रदान गरिएको हो। कम्पनीको प्रतिवेदनले पारदर्शिता, विस्तृत खुलासा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखा मान्यताहरूको पालना, जवाफदेहिता र संस्थागत सुशासनलाई प्रभावकारी रूपमा समेटेको बताइएको छ।

 

 

अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस सम्मानबाट कम्पनी गौरवान्वित भएको बताए। साथै उनले पारदर्शिता, जवाफदेहिता र सुशासनमा अझ सुदृढ हुँदै अघि बढ्ने प्रतिबद्धता जनाए। करिब ३० प्रतिशत जीवन बीमा बजार हिस्सा ओगटेको नेपाल लाइफले आगामी दिनमा पनि विश्वास र गुणस्तरलाई आफ्नो आधार बनाएर काम गर्ने प्रतिवद्धता दोहोर्याएको छ।

 

पराजुलीले कम्पनीलाई मार्गदर्शन गर्ने सञ्चालक समिति अध्यक्ष तथा सदस्यहरू, कम्पनीमा विश्वास गर्ने बीमितहरू, सेवा प्रवाहमा अग्रसर अभिकर्ताहरू, निष्ठाका साथ समर्पित कर्मचारीहरू, शेयरधनी, नियामक निकाय र सहयोगी सबै सरोकारवालाप्रति आभार प्रकट गरे।

प्रतिक्रिया दिनुहोस