आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारत पुर्‍याएर अनलाइन ‘स्क्याम’ गराउन खोज्ने दुई नेपाली पक्राउ

एपी खबर २०८२ श्रावण ८, बिहिबार ( ७ महिना अघि) १३३ पाठक संख्या

भारतमा आकर्षक तलबको प्रलोभन देखाई नेपाली युवालाई पुर्‍याई जबरजस्ती अनलाइन ठगी ९स्क्यामिङ० गराउन बाध्य पार्ने गिरोहमा संलग्न दुई जना पक्राउ परेका छन्।

 

मानव बेचबिखन तथा ओसारपसार अनुसन्धान ब्युरोका अनुसार २४ वर्षीय राजकुमार अछामी र ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरिएको हो।

 

सिन्धुली सुनकोशी गाउँपालिका(६ घर भई हाल भक्तपुर, लोकन्थली बस्ने अछामी र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१४ का खत्री हाल पर्सा, वीरगञ्जमा बस्दै आएका थिए।

 

उनीहरूलाई मिति २०८२ साउन ५ गते काठमाडौंको बल्खु र वीरगञ्ज बसपार्कबाट पक्राउ गरिएको हो।

 

यसो भयो घटना

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण पंगेनीका अनुसार पीडित एक पुरुषलाई भारतमा ड्राइभरको काम लगाइदिने भन्दै अछामीले ३५ हजार भारतीय रुपैयाँ मासिक तलब र ओभरटाइमको प्रलोभन दिएका थिए। सोही विश्वासमा पीडितलाई १९ वैशाखमा काठमाडौं बल्खुबाट वीरगञ्ज लगिएको थियो।

 

त्यहाँबाट खत्रीले रिसिभ गरेर उनलाई भारतको रक्सौल हुँदै पटना पुर्‍याएका थिए। पटनानजिकै पुनपुन अजय स्टेशनमा रहेको ‘वेल स्टार डायनामिक कम्पनी’ मा लथेर करिब सात दिन तालिमको नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको अनुसन्धानमा खुलेको छ।

 

 

ब्युरोका अनुसार ती व्यक्तिलाई फेसबुकमार्फत अरू नेपालीहरूलाई समेत ‘इनभाइट’ गर्न लगाइएको थियो। आफ्ना परिवारसँग सम्पर्क गर्न नदिई फेसबुक मेसेन्जरमा नक्कली आइडी बनाई अनलाइन स्क्याममा लगाइएको थियो।

 

 

पीडितबाट २ लाख बराबरको रकम लिई कपडा किन्न लगाइएको र जबरजस्ती कागज गराएर करिब २ महिनासम्म बन्धक बनाई शोषण गरिएको ब्युरोको भनाइ छ।

प्रतिक्रिया दिनुहोस