आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

यातायात कार्यालय जनकपुरधामले एक वर्षमा संकलन गर्‍यो करिब ६७ करोड राजस्व

एपी खबर २०८२ श्रावण १०, शनिबार ( ७ महिना अघि) २३८ पाठक संख्या

यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१र८२ मा रू ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८० राजस्व संकलन गरेको छ ।

 

 

कार्यालयले गत आवमा चालक अनुमतिपत्र वितरण, नवीकरण र त्यसको जरिवाना, नयाँ सवारीसाधनको दर्ता, सवारी साधन नवीकरण तथा रुट परमिट, नामसारी र पटकेलगायतका विभिन्न शीर्षकबाट राजस्व संकलन गरेको हो ।

 

 

कार्यालय प्रमुख धनञ्जयकुमार सिंहले विद्युत् समस्या समाधानका लागि सोलार जडान गरेकाले सेवाप्रवाहमा सुधार आएको बताए ।

 

उक्त अवधिमा सरकारी, सार्वजनिक र भाडाका साथै निजीतर्फका ठूला, मझौला तथा साना सवारी गरी आठ हजार ५७ सवारी साधनको दर्ता, नवीकरण तथा नामसारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस