आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

भारतलाई चिढ्याउँदै ट्रम्पले गरे पाकिस्तानसँग तेल भण्डार विकासको सम्झौता

एपी खबर २०८२ श्रावण १५, बिहिबार ( ७ महिना अघि) १४६ पाठक संख्या

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको केही घण्टापछि पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डार विकासको सम्झौता गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार अमेरिका र पाकिस्तानले मिलेर पाकिस्तानका विशाल तेल भण्डारहरूको विकास गर्नेछन् ।”

यो सम्झौताप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्, “म राष्ट्रपति ट्रम्पप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन नेतृत्वदायी भूमिका निर्वाह गरे ।”

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेको केही घण्टापछि पाकिस्तानसँग मिलेर त्यहाँका विशाल तेल भण्डार विकासको सम्झौता गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “हामीले भर्खरै पाकिस्तानसँग एउटा सम्झौता सम्पन्न गरेका छौँ, जसअनुसार अमेरिका र पाकिस्तानले मिलेर पाकिस्तानका विशाल तेल भण्डारहरूको विकास गर्नेछन् ।”

यो सम्झौताप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक्समा लेखेका छन्, “म राष्ट्रपति ट्रम्पप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु, जसले ऐतिहासिक अमेरिका–पाकिस्तान व्यापार सम्झौतालाई अन्तिम रूप दिन नेतृत्वदायी भूमिका निर्वाह गरे ।”

ल्क्ष्ऋ ब्कष्ब द्यबललभच बम
बुधबार ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए । उनले रुसबाट तेल खरिद गरेकामा भारतमाथि जरिवाना लगाउने पनि बताएका थिए । त्यसपछि इरानबाट तेल खरिद गर्ने केही भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाइएको थियो ।

ट्रम्पले अगाडि लेखेका छन्, “हामीले पाकिस्तानसँग नयाँ सम्झौता गरेका छौँ । यसअनुसार अमेरिका र पाकिस्तानले मिलेर त्यहाँका विशाल तेल भण्डारहरूको विकास गर्नेछन् । हामी यो साझेदारीको नेतृत्व गर्ने तेल कम्पनी छनोट गर्ने प्रक्रियामा छौँ । हुनसक्छ, सम्भवतः एक दिन पाकिस्तानले भारतलाई तेल बेच्नेछ ।”

ट्रम्पले थप लेखेका छन्, “अरू देशले पनि भन्सार शुल्कमा छुट पाउन प्रस्ताव दिइरहेका छन् । यी सबै कदमले अमेरिकाको व्यापार घाटालाई धेरै हदसम्म कम गर्न मद्दत गर्नेछ । पूर्ण प्रतिवेदन उपयुक्त समयमा जारी गरिनेछ । धन्यवाद । मेक अमेरिका ग्रेट अगेन ।”

गएको साता पाकिस्तानका उपप्रधान एवं विदेश मन्त्री इसहाक डारले अमेरिका र पाकिस्तान व्यापार सम्झौताको नजिक भएको बताएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँगको भेटपछि उनले केही दिनभित्रै व्यापार सम्झौता हुन सक्ने बताएका थिए ।

अमेरिका र पाकिस्तानको संयुक्त वक्तव्यमा दुवै नेता महत्त्वपूर्ण खनिज र खानी क्षेत्रमा व्यापार र साझेदारी वृद्धि गर्न सहमत भएको उल्लेख थियो ।

सन् २०२४ मा अमेरिकाले पाकिस्तानमा २।१ अर्ब डलरको सामान निर्यात गरेको थियो । उक्त अवधिमा अमेरिकाले पाकिस्तानबाट ५।१ अर्ब डलरको आयात गरेको थियो । हाल दुई देशबीचको व्यापारमा अमेरिकालाई तीन अर्ब डलरको घाटा छ ।

प्रतिक्रिया दिनुहोस