आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

रञ्जिताले दलका नेता गंगारामलाई सोधिन् स्पष्टीकरण

एपी खबर २०८२ श्रावण १५, बिहिबार ( ७ महिना अघि) २३५ पाठक संख्या

नागरिक उन्मुक्ति पार्टी ९नाउपा० की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको भोलिपल्ट संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् ।

 

श्रेष्ठले बिहीबार विधानविपरीत बैठकको अध्यक्षता गरी केन्द्रीय समिति बोलाएको भन्दै चौधरीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र लेखेकी छन् ।

 

उनले आफ्नो अनुपस्थितिमा र बिना जानकारी साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान, २०७८ को अधिकार क्षेत्र नाघेर चौधरीले बैठक बसी गैरकानुनी निर्णय गरेको पत्रमा उल्लेख गरेकी छन् । श्रेष्ठले यो स्पष्टीकरण पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि पठाएकी छन् ।

प्रतिक्रिया दिनुहोस