आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एमालेको नीति र नेतृत्वमा कुनै द्विबिदा छैन : एमाले प्रदेश सचिव पौडेल

एपी खबर २०८२ भाद्र १, आईतबार ( ६ महिना अघि) २७१ पाठक संख्या

नेकपा एमाले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ को वडा कमिटीको दोस्रो अधिवेशन यही भाद्र २८ गते हुने भएको छ। आज बसेको वडा कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

 

नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय समेत गरेको छ। बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले आगामी निर्वाचनमा एमाले बहुमतका साथ निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गर्नुभयो।

 

उहाँले एमाले जनताको पक्षमा काम गर्ने पार्टी भएको हुनाले अहिले पनि एमालेको पक्षमा व्यापक जनताको समर्थन रहेको स्पष्ट पार्नुभयो। उहाँले एमालेको नीति र नेतृत्वमा कुनै द्विविधा नरहेको स्पष्ट पार्नुभयो।

 

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य देवनारायण चौधरीले मिसन ८४ पूरा गर्नको लागि सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

वडा कमिटीका अध्यक्ष सुदनदास तत्माको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला सचिवालय कमिटी सदस्य रमेश चौधरी नगर कमिटी उपसचिव अलोपिया चौधरी नगर कमिटी सदस्य नजरुल अन्सारी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस