आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जितपुरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न

एपी खबर २०८२ भाद्र १, आईतबार ( ६ महिना अघि) १४९ पाठक संख्या

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र जितपुरले श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रवचन तथा झाँकी कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रमको अध्यक्षता केन्द्रकी सञ्चालिका रेनु दिदीले गर्नुभएको थियो भने प्रमुख अतिथि मधेश प्रदेशका प्रदेश सभा सदस्य देवनारायण चौधरी रहनुभएको थियो। कार्यक्रममा युवा नेता मेघा साहि लगायत समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

कार्यक्रममा वक्ताहरुले भगवान श्रीकृष्णको जीवनदर्शन, कर्मयोग र सत्य–धर्मको मार्गलाई आत्मसात् गर्दै समाजमा नैतिकता, प्रेम र शान्ति स्थापना गर्न सकिने विषयमा प्रकाश पारे। साथै झाँकी प्रदर्शनमार्फत भगवान श्रीकृष्णका जीवनका विभिन्न प्रसङ्गहरु प्रस्तुत गरिएको थियो, जसलाई उपस्थित दर्शकले मन पराएका थिए।

 

अध्यक्ष रेनु दिदीले कार्यक्रममा सम्बोधन गर्दै आध्यात्मिक अभ्यास र राजयोग ध्यानले व्यक्तिगत जीवनलाई मात्र होइन, समाजलाई समेत सकारात्मक दिशातर्फ अघि बढाउन सक्ने बताउनुभयो। प्रमुख अतिथि देवनारायण चौधरीले श्रीकृष्ण जन्माष्टमीले दिएको धार्मिक, सांस्कृतिक र सामाजिक सन्देशलाई आत्मसात् गर्दै समाजमा एकता र सद्भाव कायम गर्न सबैलाई आह्वान गर्नुभयो।

 

कार्यक्रममा उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने अन्त्यमा सहभागीहरुलाई प्रसाद वितरण गरिएको थियो

प्रतिक्रिया दिनुहोस