आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

टी–२० सिरिज ः फिनिसिङमा चुक्दा नेपाल ‘ए’ ले पायो विशाल लक्ष्य

एपी खबर २०८२ भाद्र १२, बिहिबार ( ५ महिना अघि) २१२ पाठक संख्या

भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ ।

 

 

टस हारेर पहिले ब्याटिङको अवसर पाएको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन जोड्यो ।

 

 

उसका लागि कप्तान सुमित घघिगाँकरले सर्वाधिक ३४ रन बनाए । यस्तै, रोहित सेनले २४ रन जोडे ।

 

 

अन्तिम ओभरतर्फ आकाश सेनगुप्ता (८ बलमा २४ रन) र अभिनव चौधरी (७ बलमा २६ रन अविजित) को विस्फोटक साझेदारीले योगफललाई बलियो बनायो । यी दुई ब्याटरले अन्तिम दुई ओभरमा ५० रन जोडेका थिए ।

 

 

नेपाल ‘ए’ का बलरले बीचका ओभरमा दबाब बनाएका थिए । आकाश चन्दले तीन तथा यादव र कमलसिंह ऐरीले दुई÷दुई विकेट हात पारे । यस्तै, आदिल आलमले एक विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस