आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

मधेश प्रदेशसभा अवरुद्ध, प्रतिपक्षीको ’बटमलाइन’ अर्थमन्त्रीको राजीनामा

एपी खबर २०८२ भाद्र १२, बिहिबार ( ६ महिना अघि) १३३ पाठक संख्या

मधेश प्रदेशसभाको बैठक प्रतिपक्ष दलहरुले अवरुद्ध गरेका छन् । बिहीबार बसेको बैठकमा अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गर्दै प्रतिपक्षले बैठक अवरुद्ध गरेका हुन् ।

 

 

प्रदेश सरकारले संसद्लाई छलेर प्रतिपक्षको अनुपस्थितिमा बजेट ल्याएको हुनाले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअषिश यादवले माग गरे । अर्थमन्त्रीले राजीनामा नदिएसम्म निरन्तर बैठक अवरुद्ध गर्ने उनले सरकारलाई चेतावनी दिए । सभामुख रामचन्द्र मण्डलको आग्रह पनि प्रतिपक्ष दलका सांसदले नमानेपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

 

बैठक प्रमुख प्रतिपक्षी जसपा, माओवादी, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रापाले बहिष्कार गरेका हुन् । यी दलहरुले बिहानको सर्वदलीय बैठक पनि बहिष्कार गरेका थिए ।

 

 

सरकारले मधेश प्रदेशसभामा प्रस्तुत गरेको रेडबुक ४ सय ६१ पृष्ठको मात्रै थियो । तर, प्रतिपक्षको अवरुद्धपछि गठन भएको कार्यदलले संसदलाई छलेर ३ सय ५ पृष्ठको बजेट ल्याएको भेटिएको थियो । त्यसपछि निरन्तर प्रतिपक्ष दलका सांसद विरोध गर्दै आएका छन् । सरकारले प्रतिपक्षको अनुपस्थितिमा बजेट पारित गराएका थिए । सोही कारण अर्थमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्ष दलको माग छ ।

प्रतिक्रिया दिनुहोस