आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुनसरीबाट ५ हजार केजी गाँजा बरामद, तस्कर फरार

एपी खबर २०८२ भाद्र २९, आईतबार ( ५ महिना अघि) १८९ पाठक संख्या

सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट ५ हजार केजी प्रतिबन्धित लागू औषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल,नेपाल नं। १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको कमाण्डमा खटिएको २१ जनाको टोलीले विशेष सूचनाका आधारमा शनिबार राति उक्त गाँजा बरामद गरेको हो ।

 

 

सशस्त्र प्रहरीले गस्ती गर्दै जाने क्रममा ना ४ ख २७११ नं। को ट्रक र बा ५ ख १९६९ नं। को मिनी ट्रक नियन्त्रणमा लिएर चेकजाँच ५ हजार केजी गाँजा बरामद गरिएको कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी कुमार न्यौपानेले जानकारी दिएका छन् ।

 

 

चेकजाँच गर्दा ठूलो ट्रकमा लोड गरिएको १३४ बोरा र मिनि ट्रकमा २४ बोरा भित्र गरी जम्मा ५ हजार केजी गाँजा बरामद भएको डीआईजी न्यौपानेले बताए । प्रहरीका अनुसार हाल देशभर जेनजी आन्दोलनका कारण कफ्र्यु र निषेधाज्ञा जारी भएको मौका छोपी धनकुटाबाट तस्करहरूले ठूलो परिमाणमा गाँजा भारततर्फ लैजान खोजेका थिए। तर सशस्त्र प्रहरीको गस्ती टोलीले समयमा नै नियन्त्रणमा लिएर ठूलो मात्रामा गाँजा भारततर्फ जानबाट रोकिएको हो।

 

 

घटनाका बेला दुवै गाडीका चालक र संलग्न व्यक्ति फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। डीआईजी न्यौपानेले बरामद भएको ट्रक सहितको गाँजा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस