आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एसिया कप ; सुपर फोरमा पाकिस्तानले श्रीलंकालाई हरायो

एपी खबर २०८२ आश्विन ८, बुधबार ( ४ महिना अघि) १४३ पाठक संख्या

पाकिस्तानले एसीसी एसिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ।

 

 

मगंलबार राति भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले सुपर फोरमा आफ्नो पहिलो जित दर्ता ग¥यो। श्रीलंकाले दिएको १३४ रनको लक्ष्य पछाएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो। पाकिस्तानको लागि सर्वाधिक रन मोहम्मद नवाजले ३८ रन बनाए।

 

 

श्रीलंकाको लागि वानिन्दु हंसरगा र महिश तिक्क्षले समान २– २ विकेट लिए। त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बाए। श्रीलंकाको लागि कमिन्दु मेन्डिसले अर्धशतक प्रहार गरे। पाकिस्तानको लागि शहिन अफ्रिदिले सर्वाधिक तीन विकेट लिए।

 

 

यो जितसँगै पाकिस्तानले सुपर फोरमा २ अंक बटुलेको छ। यसअघि पाकिस्तान भारतसँग पराजित भएको थियो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो।

प्रतिक्रिया दिनुहोस