आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सिटिजन्स बैंकको ५.२६३% लाभांश प्रस्ताव, राष्ट्र बैंक र साधारण सभाको स्वीकृति बाँकी

एपी खबर २०८२ आश्विन १०, शुक्रबार ( ५ महिना अघि) ९५ पाठक संख्या

सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ।

 

बैंकको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो। बैंकले पाँच प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश दिने भएको हो।

 

बैंकको यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ। बैंकले गत वर्ष चार प्रतिशत बोनस सहित कुल ४.२१ प्रतिशत लाभांश दिएको थियो।

 

बैंकको सेयर अहिले दुई सय चार रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस