आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

धरानमा आगलागी हुँदा एक जना गम्भीर घाइते

एपी खबर २०८२ आश्विन १६, बिहिबार ( ५ महिना अघि) १२० पाठक संख्या

सुनसरीको धरान उपमहानगरपालिका–११ कुबिर्ता चोकमा आइतबार आगलागी हुँदा एक जना गम्भीर घाइते भएकी छन्। आज दिउँसो १२ बजेको समयमा सरिता लिम्बुको पक्की घरको दोस्रो तलामा विद्युत सर्ट भई आगलागी भएको हो।

 

आगलागीमा परी घरधनी सरिता लिम्बुकी बहिनी मोरङ पथरीशनिश्चरे नगरपालिका–५ का २० वर्षीया रेनुका लिम्बु गम्भीर घाइते भएकी छन्। उनको शरीरका विभिन्न भाग जलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।

 

घाइते रेनुकालाई तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरिएको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

 

आगलागीको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानका प्रसनि प्रदिन लिम्बु र अप्रचौ रेल्वे प्रसनि पर्शुराम राईको कमान्डमा प्रहरी टोली खटिएको थियो। साथै सशस्त्र प्रहरी बल धरानको सुरक्षा बेस क्याम्पबाट सप्रसनि ललितबहादुर खड्काको नेतृत्वमा खटिएको टोली र स्थानीयवासीसहित करिब ४०–५० जनाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

 

 

करिब १२ बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको आगलागीबाट घरभित्र रहेको स्टेण्ड फ्यान र एक बोरा चामल जलेर नष्ट भएको डीएसपी राईले बताए।

प्रतिक्रिया दिनुहोस