आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कान्ति लोकपथ ४ बजेबाट खोलिने, बीपी राजमार्ग खुल्न अझै ४ दिन लाग्ने

एपी खबर २०८२ आश्विन १९, आईतबार ( ५ महिना अघि) १०८ पाठक संख्या

बाढी तथा पहिरोबाट बन्द भएको कान्ति लोकपथ आजबाट सञ्चालनमा ल्याइने भएको छ।

 

 

सडक विभागका महानिर्देशक विजय जैसीले आज दिउँसो ४ बजेबाट यातायात सुचारु गरिने बताएका हुन्।

 

 

उनका अनुसार अधिकांश राजमार्ग खोल्न सकिने अवस्थामा रहेको बताउँदा इलाम र झापाको माइखोलामा भने यातायात सुचारु गर्न समस्या छ।

 

 

यस्तै बीपी राजमार्ग भकुण्डेबेसी सडक खण्डमा पनि पानी घटेपछि ४ दिनपछि खोल्ने तयारी गरिएको उनले बताए। बीपी राजमार्गका खोलाहरुमा वहाव धेरै भएकाले पनि सडक खुलाउन तत्काल समस्या भएको भन्दै उनले पहिरो हटाउने काम तीव्र पारिएको बताए।

 

 

यता धुलिखेलदेखि भकुण्डेबेसी सडकखण्डमा भने पहिरोका कारण अझै समस्या नै रहेको छ। उनले पहिरो पन्छाउने काम भइरहेको बताउँदै सो सडकमा एकतर्फी यातायात सुचारु गरिएको बताए।

 

 

झापाको चारआलीदेखि माईखोलासम्म सडक सञ्चालनमा रहे पनि माइखोलामा भने रोकिएको छ। यद्यपि साना गाडीलाई जान दिइएको छ।

 

 

इलामको बाटोमा भने समस्या छ। फिदिमबाट तमोर करिडोरबाट धरान भेडेटार निस्कने बाटो भएको कारण त्यहाँ पनि समस्या नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस