आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सुनसरीमा ५३७ किलो गाँजासहित तस्कर पक्राउ

एपी खबर २०८२ आश्विन २०, सोमबार ( ४ महिना अघि) ११८ पाठक संख्या

सुनसरीको कोशी गाउँपालिका–७ केराबारीस्थित खेतबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्टाबारीबाट खटिएको टोलीले सोमबार राति ११ ः ३० बजेतिर धानबारीमा लुकाइराखिएको अवस्थामा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताएका छन् ।

 

 

डीएसपी खतिवडाका अनुसार खेतमा राखिएका १३ वटा प्लास्टिकका पोकाभित्रबाट जम्मा ५३७ किलो १४० ग्राम गाँजा बरामद गरिएको छ। गाँजा तस्करीमा संलग्न सोही स्थानका ४५ वर्षीय दिनेश यादवलाई नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

 

प्रहरीले बरामद गरिएको गाँजा ओसार–पसारमा अन्य व्यक्तिको समेत संलग्न भएको भन्दै उनीहरू खोजी तीव्र पारिएको बताएको छ। सुनसरी प्रहरीले पछिल्ला दिनमा प्रतिबन्धित लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस