आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथाको पूर्वी मोहडामा हिमआँधी, २०० भन्दा बढी पदयात्री फसे; एकको मृत्यु

एपी खबर २०८२ आश्विन २१, मंगलबार ( ५ महिना अघि) ८८ पाठक संख्या

चीनको सबैभन्दा लोकप्रिय बिदाको समयमा सगरमाथाको पूर्वी मोहडामा आएको भारी हिमआँधीका कारण २०० भन्दा बढी पदयात्रीहरू हिउँमा फसेपछि उनीहरूलाई उद्धार गर्न समयसँगको दौड सुरु भएको छ। यस घटनामा कम्तीमा एक पदयात्रीको मृत्यु भएको छ।

 

 

तिब्बत स्वशासित क्षेत्र नियन्त्रण गर्ने चिनियाँ अधिकारीहरूले करिब ३५० अन्य पदयात्रीहरूलाई सगरमाथाको तिब्बती भागको आधार शिविरबाट करिब ४८ किलोमिटर टाढा रहेको कुडाङ नामक सानो सहरमा सुरक्षित रूपमा पु¥याइएको जानकारी दिएका छन्।

 

 

शुक्रबार र शनिबार भारी हिमपात भएपछि ४,९०० मिटरभन्दा बढी उचाइमा सयौँ पदयात्रीहरू फसेका थिए। समाचार स्रोतहरूका अनुसार बाँकी २०० भन्दा बढी पदयात्रीहरूको उद्धार कार्य सोमबार सुरु भई मङ्गलबारसम्ममा सम्पन्न हुने अपेक्षा छ।

 

उद्धारकर्ताहरूले बाक्लो हिउँ र सीमित भिजिबिलिटीकाका बिच फसेका पदयात्रीहरूलाई बचाउन प्रयास गरिरहेका छन्। स्थानीय गाउँलेहरूले खिचेको भिडियोमा घोडा र याकको सहायताले हिउँ पन्छाएर मानिसहरूको लामो लाइन अगाडि बढिरहेको देखिन्छ।

 

यसैबिच, सगरमाथाबाट करिब ३१ किलोमिटर दक्षिणमा रहेको नेपालको पूर्वी भागमा पर्ने मेरा पिक आरोहण गर्ने क्रममा एक ४६ वर्षीय दक्षिण कोरियाली नागरिकको मृत्यु भएको छ। नेपाल राष्ट्रिय माउन्टेन गाइड एसोसिएसनका अध्यक्ष तुलसी गुरुङका अनुसार अत्यधिक चिसोका कारण आरोहीको मृत्यु भएको हुन सक्ने अनुमान छ।

 

 

क्ष्मजबचतजब दबलप
हिमआँधी आएको स्थान पर्यटक शिविरमा हो, जुन आरोहीहरूका लागि प्रयोग हुने आधार शिविरभन्दा फरक हो।

 

 

सगरमाथाहिमआँधीउद्धार
खबर पढेर तपा

प्रतिक्रिया दिनुहोस