आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जीतपुरसिमरा २२ मा माओवादीका वाईवा सहित एकीकृत समाजवादीको वडा कमिटी एमालेमा ।

एपी खबर २०८२ कार्तिक २५, मंगलबार ( ३ महिना अघि) ९४ पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २२ स्थित नेकपा एकीकृत समाजवादीको वडा कमिटी नै एमालेमा समाहित भएको छ ।

 

ढुकुवाबासमा सोमबार आयोजित कार्यक्रमकामा समाजवादीका वडा कमिटी अध्यक्ष अक्कलबहादुर पाख्रिन सहित ५० जना भन्दा बढिको संख्यामा एमालेमा प्रवेश भएका हुन् । साथै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको नेकपा माओवादी केन्द्रका शमशेर वाईवा पनि एमालेमा प्रवेश गरेका छन् ।

 

 

 

उनीहरुलाई एमाले मधेश प्रदेश सचिवालय सदस्य सुन्दर विकसहितका नेताले एमालेमा स्वागत गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य सीता गुरुङ, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले जिल्ला कमिटी सदस्य एवम् जीतपुरसिमरा २१ का वडाध्यक्ष सुवास श्रेष्ठ, जिल्ला कमिटी सदस्य गीता घलेलगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस