आज:  २०८२ मंसिर ३०, सोमबार | Mon, 15, Dec, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

एनपीएलको शीर्ष प्रयोजक बैंकका सीईओ भन्छन्– नेपाल अब खेल पर्यटनको हब बन्नसक्छ

एपी खबर २०८२ मंसिर ४, बुधबार ( ३ हप्ता अघि) ९० पाठक संख्या

जारी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन– २ को शीर्ष प्रयोजक रहेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कंडेलले नेपाल पनि अब खेल पर्यटनको अब बन्नसक्ने बताउँदै एनपीएलको सफलता र आकर्षणले त्यो संभावना बढाएको बताएका छन् ।

 

 

एनपीएल सुरु नहुँदै यो खेलको प्रमुख प्रयोजन गर्ने जोखिम उठाएका सीईओ कंडेलले दोस्रो सिजनसम्म आइपुग्दा एनपीएलले कीर्तिपुरमा फ्ल्डलाइट र आधुनिक प्याराफिटसहितको क्रिकेट रंगशाला बन्ने आधार तयार गरेको र देशका अन्य शहरमा पनि यस्ता क्रिकेट तथा फुटबल मैदान र रंगशाला निर्माणको क्रम सुरु भएको बताउँदै यो क्रमले आगामी दिनमा नेपालमा खेल पर्यटनको आकर्षक संभावना बढाएर लगेको बताए ।

 

 

उनले एनपीएल– २ को प्रत्यक्ष प्रशारण नेपालका टेलिभिजन च्यानल दिएको भए नेपालभित्र मात्रै सीमित हुन्थ्यो, स्टार स्पोर्टस्लाई दिँदा विश्वभर यसको बजारीकरण हुन पुगेको बताउँदै भने, ‘यसले अब ठूला अन्तर्राष्ट्रिय क्रिकेटदेखि अरु खेल पनि नेपालमा आयोजना हुन्छ । नेपालले गर्नसक्छ । भन्ने आधार बन्दैछ । पोखरामा हिमालको दृश्यावलोकन गर्दै ठूलो कुनै अन्तर्राष्ट्रिय क्रिकेट म्याच आयोजना गर्न सकियो भने त्यसको कति ठूलो महत्व होला ? उसले खेल मात्रै देखाउँदैन, नेपालको हिमाल, पहाड, तालतलैया देखाउँछ । त्यो गर्न सकियो भने नेपालको पर्यटन कहाँ पुग्छ होला ?’

 

 

सीईओ कंडेलले एनपीएल जस्तो आकर्षक खेल नेपाली च्यानलले नै प्रत्यक्ष प्रशारण गर्नुपर्छ भनेर अवरोध गर्न खोज्नु तर्कसंगत नरहेको बताए । उनले खेलको विकासका लागि निजी क्षेत्रको संलग्नता र लगानी नै आवश्यक हुने बताउँदै यसमा सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस