राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो सिंहदरबारस्थित परिषद्को सचिवालयमा बैठक बोलाएको गृह मन्त्रालयले जनाएको छ ।
बाराको सिमरामा उत्पन्न पछिल्लो परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । सिमरा बुधबार बिहानदेखि नै अशान्त बनेको छ ।
नेकपा (एमाले)को कार्यक्रमका लागि काठमाडौंबाट पार्टीका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जान खोजेपछि जेनजी समूहले सिमरा विमानस्थल घेराउ गरेका थिए ।
सोही क्रममा एमाले कार्यकर्ता र जेनजी अगुवाबीच झडप भएको थियो । जसका कारण आज पनि सिमरा अशान्त बनेको छैन । बिहीबार सिमरामा प्रदर्शन गरिएको छ ।











प्रतिक्रिया दिनुहोस