आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

जनकल्याण मध्यवर्ती साकोस सिमराका नवनिर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न

एपी खबर २०८२ पौष ७, सोमबार ( १ महिना अघि) १७५ पाठक संख्या

सिमरामा रहेको जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ वार्षिक साधारण सभा निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । संस्थाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिले नयाँ निर्वाचित कार्यसमितिलाई सपथग्रहण गराइएको हो ।

 

निर्वाचन समितिका सदस्य अमृतलाल श्रेष्ठको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा ९ जना कार्यसमिति र ३ जना लेखा समितिका सदस्यलाई सपद ग्रहण गराइएको थियो । कार्यक्रममा बोल्दै सभा अध्यक्ष अमृतलाल श्रेष्ठले यस सहकारीलाई मध्यवर्ती क्षेत्रको प्रत्येक घरमा पु¥याउने लक्ष्य बनाएर जान निर्देशन दिनुभएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका अमृतलाल श्रेष्ठले सहकारीले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने सबै घरलाई अपनत्व बोध गराउन नसकेको बताउदै यस निवार्चित समितिले आफ्नो ४ वर्षे समयमा यस सहकारीलाई मध्यवर्ती क्षेत्रको प्रत्येक घरमा पु¥याउने योजना बनाउन निर्देशन दिनुभएको छ ।

 

कार्यक्रममा बोल्दै पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका संरक्षण अधिकृत संतोष भगतले निती नियमको पालना गर्दै सहकारीलाई सहित दिशामा निर्देशीत गर्न समितिलाई शुभकामना दिनुभयो ।

 

कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएको संरक्षण अधिकृत भगतले सहकारी र मध्यवर्ती क्षेत्र दुवैको नियम भित्र रहनुपर्ने कार्य केहि जटिल जस्तो भएपनि नियम भित्र रहेर सहकारी संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

सहकारीको २३ औँ वार्षिक साधारण सभाले मधुसुदन सिटौलाको अध्यक्षतामा ९ सदस्य सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । सहकारीको उपाध्यक्षमा निरु बजगाँई, सचिवमा रबिन्द्र खकुरेल, कोषध्यक्षमा होमबहादुर रकाल रहनुभएको छ ।
यसैगरी सहकारीको सदस्यमा तिर्थकुमारी गौतम, बिष्णु प्रसाद घिमिरे, अलि आविद, अर्जुन लम्साल र राजेन्द्र कुमार सुवेदी निर्वाचित हुनुभएको छ भने लेखा समितिमा चेतनाथ रिमालको अध्यक्षमा ध्रुव प्रसाद नेपाल र शालिक राम रेग्मी निर्वाचित हुनुभएको छ ।

 

सपथ ग्रहण कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष कमला अधिकारी, राधाकृष्ण मध्यवर्ती बन समुहका अध्यक्ष सत्यबहादुर क्षेष्ठ, भिमेश्वर बन समुहबाट सुमन थापा लगाएत सहकारीका तथा मध्यवर्ती समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस