आज:  २०८२ फागुन १९, मंगलबार | Tue, 03, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

एनपीएल अंक तालिकाको शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सलाई चीन भ्रमणमा लगिने

एपी खबर २०८१ मंसिर २४, सोमबार ( १ साल अघि) १९९ पाठक संख्या

नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) मा लगातार चौथो जित निकालेको जनकपुर बोल्ट्सलाई टोलीको गोल्ड पार्टनर टेक्नोले चीन भ्रमण गराउने भएको छ।

 

लगातारको जीतले उत्साहित बनेको टोलीलाई थप उत्साहित र मानसिक रुपमा बलियो बनाउने उद्धेश्यसहित टीमलाई चीनको भ्रमणले रोमाञ्चक गराउने टेक्नोले जनाएको छ।

 

जनकपुरले आइतबार आफ्नो चौंथो जित निकलेको थियो। टियू मैदान कीर्तिपुरमा भएङ्को खेलमा जनकपुर बोल्टस्ले लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै नेपाल प्रिमियर लिग, एनपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

 

४ खेलबाट ८ अंकसहित बोल्ट्स अहिले अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस