आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

वीरगञ्जमा डेढ वर्षीय बालकको मिर्गौलाको सफल शल्यक्रिया, नारायणी सेन्ट्रल अस्पतालले रच्यो नयाँ इतिहास

एपी खबर २०८१ मंसिर २६, बुधबार ( १ महिना अघि) १०४ पाठक संख्या

कलैया निवासी डेढ वर्षीय बालकको देब्रे मिर्गौलामा पानीको फोको ९शिष्ट० जमेर सम्पूर्ण मिर्गौला खराब भएपछि सफल शल्यक्रियाबाट नयाँ जीवन दिइएको छ । वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालको चिकित्सक टोलीले पहिलो पटक यस्तो शल्यक्रिया गर्दै नयाँ इतिहास रचेको छ ।

 

बालकलाई लामो समयदेखि ज्वरो आउने, खाना नखाने, र स्वास्थ्य अवस्था बिग्रँदै जाने समस्या देखिएको थियो । प्रारम्भमा वीरगञ्जका केही अस्पतालका चिकित्सकहरूले बालकको मिर्गौला निकाल्नुपर्ने हुन सक्छ भनेर सुझाव दिए । त्यसपछि परिवारले काठमाडौँस्थित कान्ति बाल अस्पताल र टिचिङ अस्पतालमा पनि परामर्श लिएका थिए । दुवै अस्पतालका विशेषज्ञहरूले मिर्गौला फाल्नुपर्ने सुझाव दिएपछि परिवारले बालकलाई वीरगञ्जमै उपचार गराउने निर्णय गरेका थिए ।

 

वीरगञ्जस्थित नारायणी सेन्ट्रल अस्पतालमा बच्चाको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरी मिर्गौला शल्यक्रिया गर्न तयार गरिएको थियो । अस्पतालका वरिष्ठ चिकित्सक डा। नितेश कर्ण ९सर्जन०, डा। सञ्जय शाह ९सर्जन०, र डा। नूर आलम ९एनेस्थेसिया० सहितको विशेषज्ञ टोलीले नेफ्रेक्टोमी शल्यक्रिया ९मिर्गौलाको फोकासहितको खराब भाग हटाउने प्रक्रिया० सफलतापूर्वक सम्पन्न गरेका छन् ।

 

शल्यक्रिया सफल भएपछि बालकलाई सकुशल डिस्चार्ज गरिएको छ । बालकका परिवारजनले उपचारमा खटिएका चिकित्सक टोली र अस्पताललाई धन्यवाद व्यक्त गरेका छन् ।

 

अस्पताल प्रशासनका अनुसार नारायणी सेन्ट्रल अस्पतालमा पहिलो पटक यस्तो जटिल शल्यक्रिया सफल भएको हो । यसले वीरगञ्ज र आसपासका क्षेत्रमा जटिल शल्यक्रिया गर्नका लागि पनि यो अस्पताल सक्षम रहेको प्रमाणित गरेको छ ।

 

‘यो सफलता हाम्रो अस्पतालका चिकित्सक टोलीको अद्वितीय क्षमताको प्रमाण हो । हामीले भविष्यमा पनि यस्ता चुनौतीपूर्ण केसलाई यहाँबाट नै उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ अस्पताल प्रशासनले एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

यस घटनाले स्थानीय स्तरमा उच्चस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने विश्वासलाई बलियो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस