नेवार समुदायको पर्व योमरी पुन्हीको पुर्व सन्ध्यामा पर्साको ठोरी गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेवाः देय दबू , सुवर्णपुरको आयोजनामा ठोरी –५ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा ६ जना महिला र ४६ जना पुरुषसहित कुल ५२ जनाले रक्तदान गरेको नेवाः देय दबू , सुवर्णपुरका पुर्व अध्यक्ष अमृत श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सबैभन्दा पहिले ठोरी गापा –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले रक्तदान गरेका थिए । वडाध्यक्ष लोप्चनले १४ औं पटक रक्तदान गरेका हुन्।
योमरी पुन्हीका अवसर पारेर सुवर्णपुरमा हरेक वर्ष रक्तदान कार्यक्रमको आयोजना हुदै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस