आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बिराटनगरलाई १ विकेटले हराउँदै काठमान्डुले कायम राख्यो ‘प्लेअफ’ को आश

एपी खबर २०८१ मंसिर ३०, आईतबार ( १ साल अघि) १६८ पाठक संख्या

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जित्नै पर्ने खेलमा काठमान्डु गुर्खाज बिराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै ‘प्लेअफ’ को संभावना कायम राखेको छ।

 

आइतबार दिनको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको काठमान्डुले १८।१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

 

काठमान्डुका लागि प्रतिक श्रेष्ठले ३९ रन बनाउँदा रसिद खानले १४ रन बनाए। त्यस्तै गेर्हार्ड एरासमसले १२ रन बनाउँदा माइकल लेभिटले १० रन बनाए।

 

काठमान्डुका शंकर राना १६ रनमा अविजित रहे। बिराटनगरका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अनिल खरेल, बसिर अहमद र क्रिस सोलेले २-२ विकेट लिए।

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बिराटनगरले जितका लागि १ सय १८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। बिराटनगरका लागि राजेश पुलामीको २५ रन सर्वाधिक रनका रुपमा रह्यो।

 

उनी बाहेक दिपक बोहराले २० रन बनाउँदा निकोलस कीर्टन १२ रनमा आउट भए। त्यस्तै स्कट एडवार्डको १५ रन र बसिर अहमदको १३ रन थप दोहोरो स्कोरका रुपमा रहेको थियो।

 

विराटनगरका ओपनर लोकेश बम ८ रनमै आउट भएका थिए। त्यस्तै इस्मात अलाम ५ रनमा आउट हुँदा क्रिस सोले १ रनमा आउट भए।

 

काठमान्डुका लागि गेर्हार्ड एरासमसले ३ विकेट लिंदा दिपेष कँडेलले २ विकेट लिए। त्यस्तै डन डौथवाइट, करण केसी र साहब अलामले समान १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस