आज:  २०८२ फागुन २७, बुधबार | Wed, 11, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

दुर्घटनाग्रस्त कारमा १३० किलो गाँजा भेटिएपछि….

एपी खबर २०८१ मंसिर ३०, आईतबार ( १ साल अघि) २४३ पाठक संख्या

पूर्वपश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगपालिका-१० जिरोमाइलमा शनिबार दुर्घटना भएको कारबाट प्रहरीले एकसय ३० किलो गाँजा फेला पारेको छ ।

 

सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको ना३ख ७५९१ नम्बरको ट्रकले उत्तरतिरबाट आएको बा८च ९९६३ नम्बरको कारलाई राजमार्ग पार गर्ने क्रममा ठक्कर दिएको थियो ।

 

प्रहरीले खोजतलासका कारमा गाँजा फेला पारेको हो । कारका चालक फरार छन् भने ठक्कर दिने ट्रकका चालकलाई हिरासतमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस