आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

बाराको सिम्रोनगढमा मानव अधिकार एलाईन्सको पालिका कमिटी गठन

प्रिती कुमारी, जीतपुर २०८१ पौष १३, शनिबार ( १ साल अघि) ३६१ पाठक संख्या

मावन अधिकार एलाईन्सले बाराको सिम्रोनगढ नगरपालिकामा राजविर कुश्वाहाको अध्यक्षतामा नगर स्तरीय समिति गठन गरेको छ । मानव अधिकार एलाईन्सले जिल्ला भित्र रहेका पालिकाहरुमा पालिका स्तरिय समिति गठन गर्ने क्रममा सिम्रोनगढ नगरपालिकामा कुश्वाहाको अध्यक्षतामा सर्वसम्म समिति गठन भएको हो ।

 

समितिको उपाध्यक्षमा मोतीलाल यादब, सचिवमा सुनिता जैसवाल, कोषध्यक्षमा तेजलाल मुखिया रहेका छन् । यसैगरी सदस्यहरुमा लवकुश शर्मा, सुदामा देवि राम, गुड्डी रहेका छन् ।

 


सिम्रोनगढ नगरपालिकाका एमाले नगर अध्यक्ष महेन्द्र जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य सुनिल कुमार कुशवाहाको प्रमुख आतिथ्यता रहेको थियो । भने कार्यक्रममा मावन अधिकार एलाईन्सले बाराका ईन्चार्ज सरिता सापकोटा, पुर्व प्रदेश कमिटि सदस्य ताराचन्द साह, पुर्व जिल्ला सल्लाहकार सदस्य अफताब आलम, पुर्व जिल्ला कमिटि सदस्य शिवमंगल राउत, रामएकवाल यादब, नगर सचिव दिपेन्द्र कुश्वाहा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा मावन अधिकार एलाईन्सले बाराका अध्यक्ष अनिल तिवारीले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस