मधेस प्रदेश क्रिकेट संघले हरिशंकर साहको कप्तानीमा जय ट्रफी मेन्स एलिट कपका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। संघले शनिबार एलिट कपका लागि क्लोज क्याम्पका लागि २२ जना खेलाडीलाई समावेश गरी नाम सार्वजनिक गरेको हो।
नेपाल प्रिमियर लिग ९एनपिएल० मा चोटका कारण केही खेल गुमाएका अनिल साहको नाम भने मधेस प्रदेश टिमको क्लोज क्याम्पमा समावेश गरिएको छैन्। उनी मधेस प्रदेश टिमको ओपनर ब्याट्सम्यान हुन्।
हरिशंकर साहको कप्तानीमा घोषणा गरिएको मधेस टिममा मयन यादव, अर्निको यादव, विशाल सुस्लिङ्ग, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलावान सहनी, विशाल पटेल, हिमांशु दत्त, प्रदिप पासवान, अफरुदिन राइन, रन्जित कुमार, रोशन विक, राहुल मण्डल, शैलेन्द्र साह, निरज कुमार यादव, राज पटेल, सफवान अली, पार्थिव यादव र कमल गुप्ताको समावेश छ।
नेपाल क्रिकेट संघ९क्यान०ले बिहीवार प्रतियोगिताको खेल तालिका घोषणा गरेको थियो। जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेस प्रदेशकै जनकपुरधाम र वीरगन्जमा हुनेछ। मधेस प्रदेश टिम आफ्नो पहिलो म्याच बाग्मती प्रदेशसँग जनकपुरधाममा खेल्ने छ भने दोस्रो खेल नेपाल प्रहरी टिमसँग र तेस्रो खेल त्रिभुवन आर्मी क्लबसँग पर्सामा खेल्ने तालिका रहेको छ।











प्रतिक्रिया दिनुहोस