आज:  २०८२ मंसिर १, आईतबार | Sun, 16, Nov, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

चिसो बढेसंगै प्रदिपले बाडे न्यानो कम्बल

प्रिती कुमारी, जीतपुर २०८१ पौष १५, सोमबार ( १० महिना अघि) १२६८ पाठक संख्या

चिसो बढेसंगै बाराको जितपुरमा एक युवाले गरिब तथा विपन्न परिवारलाई न्योनो कम्बल वितरण गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरका प्रदिप बस्नेतको परिवारले करिब २० जना करिब परिवारलाई न्यानो कम्बल वितरण गरेको हो ।

 

जाडोमा गरीब परिवारलाई हुने पिडामा केहि मल्हक लगाउन आफुहरुले यो कार्य गरेको अभियन्ता बस्नेतको भनाई छ । उनले जितपुर क्षेत्रमा बसोबार गर्दै आएका गरी ब्यक्तिहरुका लागि यति गर्न पाउदाँ धैरे खुसी भएको बताउनुभएको छ ।

जाडोँमा चिसोबाट बृद्ध र बालबालिकालाई धेरै समस्या हुने भएकाले आफुहरु यी उमेर समुहलाई नै आफुहरुकाले सहयोग गरेको प्रदिपकी आमा भगवती बस्नेतले बताउनुभयो ।

 


बैदेशीक रोजगारमा रहेका रमेश बुढाथोकीको आर्थीक सहयोगमा यो कम्बल बाडिएको प्रदिपले एपीखबरलाई जानकारी दिनुभयो । साथै अगामी दिनमापनि यस्तै कार्यहरु गर्न आफु सधै अग्रसर रहने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस