आज:  २०८२ माघ २२, बुधबार | Wed, 04, Feb, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

नगौलमा आयोजित शिविरमा २ सय ६० जनाले आखाँ तथा कान चेकजाँच गराए

एपी खबर २०८१ पौष २०, शनिबार ( १ साल अघि) ४४६ पाठक संख्या

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ नगौलमा आयोजित निशुल्क आखाँ तथा कान शिविरमा २ सय ६० जनाले आखाँ तथा कान चेकजाँच गराएका छन् । जसमध्ये ११७ जना मोतियाबन्दिु र ६ जना आखाँमा मासु पलाएको विरामी रहेका भेटिएका छन् ।

 

मोतियाबिन्दु तथा आखाँमा मासु पलाएको विरामीहरुको निशुल्क उपचार हुने केडिया आखाँ अस्पतालका प्रतिनिधी सुदर्शन काफ्लेले जानकारी दिनुभयो । उहाँले यहि सोमवार, मंगलवार र बुधवार मोतियाबिन्दु र मासु पलाएकाहरुको केडिया आखाँ अस्पताल परवानिपुरमा निशुल्क उपचार गर्न बोलाएको समेत जानकारी दिनुभयो ।

 

उहाँले चेकजाँच गर्ने क्रममा करिब १५ जना बालबालिकामा आखाँ पाक्ने रोग देखिएको जानकारी दिदै यी बालबालिकाहरुको निशुल्क उपचार गर्ने समेत जानकारी दिनुभयो ।

 

केडिया आखाँ अस्पतालको सहयोगमा आयोजित यस शिविरलाई जितपुरसिमरा उपमहानगरपालिका नगरउपप्रमुख भोला अधिकारीले आफ्नो आखाँ चेक गराएर शिविरको उद्घाटन गराउनुभएको थियो साथै शिविरमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ताले आफ्नो कान चेकजाँच समेत गराउनुभएको थियो ।

 

सहयात्री युवा क्लबको अध्यक्ष दावा लामाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष क्यामुदिन अंसारी, कार्यपालिका सदस्य बुद्ध कुमारी अधिकारी, स्थानिय समाजसेवि फजलेहक अंसारी, केडिया आखाँ अस्पतालको तर्फबाट कार्यक्रम संयोजक डा. रासदेव साह, लक्ष्मी गुप्ता, संतोष ठाकुर, सुदर्शन काफ्ले, राजेश बहादुर अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस