मानव अधिकार एलाईन्स बाराको अध्यक्षमा शान्ता कुमारी बजगाई (रिना) सर्वसम्म रुपमा चयन हुनुभएको छ । शुक्रवार बाराको सिमरामा सम्पन्न जिल्ला भेलाले बजगाईँको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा श्रीराम साह कानु, सचिवमा कुवेर न्योपाने, कोषाध्यक्षमा दिपलक्ष्मी खरेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा उषा सापकोटा, समिना कौडेल, हरिमाया लामा, राहुल गुप्ता, सुरेश साह, बालकृष्ण हुमागाई रहनुभएको छ ।

मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम पुर्व मन्त्रि पुरुषोतम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रि सदस्य कृष्ण लामा, नेकपा एमालेका प्रदेश सचिव मनोज पौडेल, प्रदेश सदस्यद्धय किशोर शर्मा, देवनारायण चौधरी, जिल्ला सचिव अमृत शर्मा बजगाई, उपसचिवद्धय जवाहिर अंसारी, भावना अचार्य लगाएतको उपस्थिती रहेको थियो ।
जिल्ला भेलाले बारामा हुने मानव अधिकार एलाईन्सको मधेश प्रदेश भेलालाई भब्यताका साथ सम्पन्न गर्न जिल्ला तथा पालिका कमिटिलाइृ जिमेवारी दिने निर्णय समेत गरेको छ ।











प्रतिक्रिया दिनुहोस