मदन भण्डारी फाउन्डेसन मधेश प्रदेशको अध्यक्षमा राज महमद राय सर्वसम्मत चयन हुनुभएको छ । आईतवार सम्पन्न प्रदेश स्तरीय भेलाले रायको अध्यक्षतामा ५५ सदस्य प्रदेश कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा गणेश प्रसाई, सचिवमा रणजीत सिहं, उपसचिवमा नवराज शर्मा, कोषाअध्यक्षमा अशोक तिवारी रहनुभएको छ ।
नेकपा एमाले स्थायी कमीटी सदस्य तथा मधेस प्रदेश इंचार्ज लीलानाथ श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा मदन भण्डारी केंन्द्रिय सदस्य र मधेश प्रदेशका भौतीक पूर्बधार बिकाश मन्त्री सरोज यादवको बिशिटआतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य सुमन प्याकुरेल, ज्वाला साह, अचुत मैनाली, एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस