आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

कजकस्तानको दुर्घटनाग्रस्त बिमानवाट २५ जनाको जिबितै उद्धार

एपी खबर २०८१ पौष ११, बिहिबार ( १ साल अघि) ११० पाठक संख्या

काठमाडौं, १० मंसीर । कजाकस्तानमा ६७ जना यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

 

सो दुर्घटनामा परी दर्जनौं व्यक्तिको मृत्यु भएको छ भने कम्तिमा २५ जनालाई जिबितै उद्धार गरिएको छ ।

अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित उक्त विमानले अक्ताउ सहर नजिकै आपतकालीन अवतरण गर्ने प्रयास गर्दा आगलागी भएको थियो।

 

अजरबैजान एयरलाइन्सको उडान जे २– ८२४३ अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो। कुहिरोका कारण बाटो मोडिनु परे पछि आकस्मिक अबतरण गराउने क्रममा सो जहाज दुर्घटना भएको त्यहाँको आपतकालिन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस