आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट मुख छोपेर विमानस्थल उत्रिए

एपी खबर २०८२ अषाढ ३२, बुधबार ( ७ महिना अघि) २५० पाठक संख्या

अमेरिकाबाट नेपाली नागरिकको डिपोर्ट हुने क्रम तीव्र रुपमा जारी छ ।

 

जेठ २६ गते अमेरिकास्थित एरिजोना र हवाईबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरू ओम्नी एयर इन्टरनेसनलको चार्टर विमानमार्फत काठमाडौँ फर्किए ।

त्यसयता पनि डिपोर्ट हुने सिलसिला रोकिएको छैन ।

 

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार जेठपछि थप २४ जना नेपालीहरू डिपोर्ट भएर नेपाल आइपुगेका छन् ।

 

सन् २०२५ को जनवरीदेखि अहिलेसम्म कुल १९७ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेको उनले बताए ।

 

उक्त अवधिमा अमेरिकाबाट दुईपटक चार्टर्ड उडानमार्फत नेपालीहरूलाई फर्काइएको हो ।

प्रतिक्रिया दिनुहोस