भारतको अहमदाबादमा जुन १२ मा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको विमानका दुई पाइलटबीचको अन्तिम कुराकानीको सम्बन्धमा एउटा नयाँ दाबी बाहिर आएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले विमानका पइलट सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति बन्द गरेको खबर छापेको छ । समाचारका अनुसार दुई पाइलटबीचको कुराकानीको ककपिट रेकर्डिङबाट यो खुलासा भएको हो ।
भ्वाइस रेकर्डिङमा बोइङ विमान उडाइरहेका सह–पाइलट क्लाइभ कुन्दरले पइलट सुमित सभरवाललाई ‘तपाईंले फ्यूल स्वीचलाई ‘कट अफ’ अवस्थामा किन राख्नुभयो रु’ भनेर सोधेको सुनिन्छ ।
यो प्रश्न गर्दा सह–पाइलट हैरान सुनिन्थे । उनको आवाजमा त्रास थियो । तर पाइलट सुमित शान्त देखिन्थे । पइलट सुमित सभरवाल एयर इन्डियाको विमानका वरिष्ठ पाइलट थिए । उनीसँग १५ हजार ६३८ घण्टाको उडान अनुभव थियो । सह–पाइलट क्लाइभ कुन्दरसँग भने ३ हजार ४०३ घण्टाको उडान अनुभव थियो ।
समाचारमा वाल स्ट्रिट जर्नलले विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरूको प्रारम्भिक अनुसन्धानसँग परिचित व्यक्तिहरूलाई उद्धृत गरेको छ । यस समाचारमा भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी०, नागरिक उड्डयन महानिर्देशनालय ९डीजीसीए०, नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एयर इन्डियाबाट कुनै प्रतिक्रिया आएको छैन ।
्५ दिन अघि, भारतले पाइलटहरूको कुराकानी पनि सार्वजनिक गरेको थियो । यसअघि, विमान दुर्घटना अनुसन्धान ब्युरो ९एएआईबी०ले जुलाई १२ मा विमान दुर्घटनाको बारेमा आफ्नो प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरेको थियो । यसमा फ्यूल स्विच अचानक रनबाट कट अफको स्थितिमा सरेको बताइएको थियो । जसका कारण दुवै इन्जिन बन्द भए ।
तर, प्रतिवेदनमा फ्यूल स्विच कसरी बन्द गरियो भन्ने कुरा बताइएको छैन । ककपिट भ्वाइस रेकर्डरमा एक पाइलटले अर्कोलाई इन्धन किन बन्द गरेको भनेर सोधेको सुनिएको अनि अर्को पाइलटले आफूले त्यसो नगरेको जवाफ दिएको भनेर प्रतिवेदनमा एएआईबीले भनेको छ ।
विमानको फ्यूल स्विचमा कुनै गल्ती छैनः एयर इन्डिया
बोइङ–७८७ शृङ्खलाका आफ्ना सबै विमानहरूको इन्धन नियन्त्रण स्विचको लकिङ सुविधाको अनुसन्धान पूरा भएको एयर इन्डियाले बुधबार भनेको छ । अनुसन्धानको क्रममा इन्धन स्विचमा कुनै गल्ती फेला नपरेको कम्पनीले पाइलटहरूलाई पठाएको सन्देशमा भनेको छ ।
सबै बोइङ–७८७ विमानहरूमा थ्रोटल नियन्त्रण मोड्युल ९टीसीएम० बदलिएको पनि बताइएको छ । टीसीएम इन्धन नियन्त्रण स्विच को एक महत्त्वपूर्ण भाग हो ।
जुलाई १४ मा, नागरिक उड्डयन महानिर्देशनालयले सबै एयरलाइन्सलाई जुलाई २१ सम्ममा सबै बोइङ–७३७ र ७८७ शृङ्खलाका विमानहरूमा इन्धन स्विच जाँच गर्न निर्देशन दिएको थियो । एयर इन्डियासँग कुल ३३ वटा बोइङ–७८७ ड्रीमलाइनर विमान छन् ।
इन्डिगोसँग सातवटा बी–७३७ म्याक्स ८ र एउटा बी–७८७–९ विमान छन् । यी सबै विमानहरू भाडामा लिइएकोले यी विमान भारतमा दर्ता भएका छैनन् ।











प्रतिक्रिया दिनुहोस