आज:  २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु

एपी खबर २०८२ फागुन १८, सोमबार ( १४ घण्टा अघि) ४६ पाठक संख्या

इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।

 

 

यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले अनलाइनखबरसँग कुराकानी गर्दै एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।

 

 

‘एक जना नेपाली नागरिकको मृत्यु भएको जानकारी सरकारी जानकारी पाएका छौं । हामी उहाँको परिचयबारे थप बुझ्दैछौं,’ क्षेत्रीले अनलाइनखबरसँग भने ।

 

 

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले आइतबार जारी गरेको प्रतिवेदन अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एकरएक गरी कूल तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

 

 

रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।

 

 

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

 

 

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।

 

 

यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।

 

 

मन्त्रालयले घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उनीहरूको उपचार भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस