गौतम प्रसाद यादव।श्रावण ०२ रौतहट ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका नगर प्रमुख गोपाल यादवको निजी लगानीमा दोस्रो चरणको राहत स्वरुप आज फतुवा बिजयपुर नगरपालिकाको वडा न ७ हर्साहा टोलमा राहत बितरन गरिएको छ।प्रती ब्यक्ती चामल २५ किलो को दरले १२० घर धुरीलाई राहत वितरण गरिएको छ।
जनताको सेवामा खटिरहेको मेयर गोपाल यादवले सधै जनताको दुखमा साथ दिरहेको र लगातार बिकाशको कार्यमा प्रगतिको बाटो देखाईरहेको स्थानियहरुको भनाई रहेको छ।
दैनिक ज्यालादारी गरेर जिविको पार्जन गर्ने परिवारलाई केही समस्या भएमा आफू कुनै पनि समयमा सहयोग गर्ने प्रतिबद्धता समेत मेयर यादवे जनता समक्ष गरेको छ।
प्रतिक्रिया दिनुहोस