आज:  २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

पञ्जशिरका जनतालाई घरबाट बाहिर निकाल्दै तालिवान

एपी खबर २०७८ भाद्र २६, शनिबार ( ४ साल अघि) ७३१ पाठक संख्या

पञ्जशीरका एक बासिन्दाले तालिवानले उनीहरुको परिवारलाई पञ्जशीरका विभिन्न क्षेत्रहरुबाट आफ्नो घर छोडेर काबुल जानु बाध्य बनाएको  बताएका छन् ।

उनले भने, ‘तालिवानले पञ्जशिरका जनतालाई दबाब दिइरहेको छ र उनीहरुलाई त्यहाँबाट भाग्न बाध्य बनाइरहेको छ। प्रान्त छोड्ने मानिसहरुसंग सम्बन्धित धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन्। यो एक भिडियोमा देख्न सकिन्छ कि धेरै कार, बस र ट्रक पञ्जशीर घाटीमा पार्क गरिएको छ।’

अर्का एक बासिन्दाले भने, ‘काबुलमा जबरजस्ती निर्वासित धेरै परिवारहरुलाई हिरासतमा लिएर अज्ञात ठाउँमा पठाइयो।’ विद्रोही समूह नेसनल रेजिस्टेन्स फ्रन्टको विदेश सम्बन्धका इन्चार्ज अली निजारीले पञ्जशिरमा मानिसहरुलाई घरबाट निकालीएको भन्दै एउटा भिडियो जारी गरेका छन्।

उनका अनुसार, ‘तालिवानले नरसंहार गरिरहेको छ, संसारले हेरिरहेको छ र उनीहरु प्रभावित छैनन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई यी युद्ध अपराधहरु रोक्नू आग्रह गरे।’

प्रतिक्रिया दिनुहोस