आज:  २०८२ फागुन २९, शुक्रबार | Fri, 13, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु

AuthorAP Khabar २०७७ श्रावण ३१, शनिबार ( ५ साल अघि) ३१९ पाठक संख्या

एजेन्सी : अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार ८० जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७१ हजार ४९५ पुगेको छ ।

यस्तै एकैदिन थप ५९ हजार ८९२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५४ लाख ७५ हजार ५५८ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख ६८ हजार २७१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ३५ हजार ७९२ जनामध्ये १७ हजार २१६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस