आज:  २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026
FLASH NEWS
Advertisement
SKIP THIS

आज २०७९ साल जेठ २७ गते शुक्रबारको राशिफल

एपी खबर २०७९ जेष्ठ २७, शुक्रबार ( ३ साल अघि) २२२ पाठक संख्या

काठमाडौँ – आज २०७९ साल जेठ २७ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : मन प्रसन्न हुनेछ। पुरानो मित्रबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा भने समस्या आउनेछ। दाम्पत्य जीवन सन्तोषजनक रहनेछ।

वृष : बोल्दा ख्याल गर्नुहोला। साथीहरुभन्दा अरुबाट सहयोग मिल्नेछ। प्रेममा धोका पाइनेछ। वैदेशिक रोजगारको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

 

मिथुन : सोचे अनुसार काम नहुँदा मन खिन्न हुनेछ। भविष्यका लागि सोचिने कामबाट भने फाइदा लिन सकिनेछ।

 

कर्कट : दिन सामान्य राम्रो छ। प्रेममा सफलता मिल्नेछ। शत्रु बढ्नेछन्।

 

सिंह : प्रसन्नता बढ्नेछ। पुराना रोगबाट छुटकारा मिल्नेछ। शत्रु नाश हुनेछ। स्वास्थ्यमा समस्या देखिन्छ।

 

कन्या : दिन सन्तोषजनक रहेको छ। ज्ञानको उदय हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। अचानक लाभ हुनेछ।

 

तुला : शिक्षामा गरेको श्रम लगानीबाट फाइदा हुनेछ। खर्च बढ्नेछ। स्वास्थ्यमा समस्या देखिनेछ। तर, शत्रु निस्तेज हुनेछन्।

 

वृश्चिक : पुराना घाउ बल्झने सम्भावना छ। धार्मिक क्षेत्रमा मन जानेछ। बोल्दा ख्याल गर्नुहोला।

 

धनु : सचेत भएर मात्र काम गर्नु उपयुक्त हुन्छ। झुठा आरोप लाग्नेछ। सहयोगी बढ्नेछन्।

 

मकर : मानसिक विचलन हुने देखिन्छ। शनिबार वरपिपलमा जल चढाउनुहोला।

 

कुम्भ : आफन्तबाटै आरोप खेप्नुपर्नेछ। सम्पत्ति आर्जन हुनेछ। उत्साह बढ्नेछ।

 

मीन: खर्च बढ्नेछ। भगवान शिवजीको स्मरण गरेरको थालेको काममा सफलता मिल्नेछ।

प्रतिक्रिया दिनुहोस